मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्काशित

Nepal Cover
६ पुष २०७८, मंगलवार
image

मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्काशित

काठमाडौं-विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशन गरेको छ ।

विवेकशील साझा पार्टीका केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्रले पार्टी संयोजक मिलन पाण्डेलाई पार्टीबाट निकालेका हुन्।

मिश्रले पाण्डेयलाई साधारण सदस्यसमेत नरहने गरी आज कारबाही गरेका हुन् ।

यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । पाण्डेले पनि स्पष्टीकरणको जवाफ दिएका थिए।

उक्त जवाफ चित्तबुझ्दो नभएकोले कारबाही गरिएको मिश्रले विज्ञप्ति जारी गरी जनाएका छन्।

पाण्डेले भने आजै अलग्गै केन्द्रीय समिति घोषणा गरेका छन्।

मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निष्काशित