नेप्से परिसूचक ५६ अंकले बढ्यो

  Sampatti News

December 21, 2021

नेप्से परिसूचक ५६ अंकले बढ्यो

काठमाडौँ-आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले बढेको छ ।

पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजारमा आज वृद्धि देखिएको हो ।

आज २३ सय ६० अंकबाट सुरु भएको परिसूचक उक्त अंकको वृद्धिसँगै २४ सय १५ अंकमा पुगेर रोकिएको छ ।

यसक्रममा आज २ अर्ब ३८ करोड रुपैयाँ बराबरको ४९ लाख ७४ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा उच्च अंकको वृद्धि आएको दिन जीवन बीमा समूहमा सबैभन्दा बढी २०६ अंकको सुधार आएको छ ।

यस्तै, निर्जीवन बीमा समूहमा २०४ अंकको सुधार आएको छ ।

यस्तै, उत्पादनमूलक समूहमा १७० अंक, विकास बैंक समूहमा १३७ अंक, जलविद्युत समूहमा ९४ अंक र लघुवित्त समूहमा ९० अंकको सुधार आएको छ ।

यीबाहेक आज कारोबारमा आएका सबै समूहमा सुधार आएको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयर मूल्य आज एकै दिन ३१ रुपैयाँले बढ्दै प्रतिकित्ता मूल्य ३१० रुपैयाँ पुगेको छ ।

यस्तै, ज्योती फाइनान्सको सेयर मूल्य ९ प्रतिशत र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा पनि ९ प्रतिशतको सुधार आएको छ ।

नेप्से परिसूचक ५६ अंकले बढ्यो

प्रकाशित मिति:December 21, 2021