गौर बस्ने दुई देशको नागरिकता बोक्नेको अबैध धन्दा

Nepal Cover
६ पुष २०७८, मंगलवार
image

गौर बस्ने दुई देशको नागरिकता बोक्नेको अबैध धन्दा

सुसन भट्टराई,रौतहट,गौर–एउटा ब्यक्ति सँग दुई देशको नागरिकता छ भन्दा सुन्ने र पढ्नेलाई अपत्यारिलो लाग्न सक्छ तर यो सत्य हो भन्ने कुरा गौर निवासी दुई दाजुभाइले पुष्टि गरेका छ्न।

समाचार श्रोतका अनुसार नेपाल र भारत दुबै देशको दोहोरो नागरिकता वोकेको दुई दाजु भाईले रौतहटको गौरवाट सुनचाँदीको अवैध कारोवारसमेत गर्ने गरेको समाचार छ ।

भारतिय नागरिक ति दुवै दाजु भाई केहि वर्ष अगाडि गौरमा कोठा भाडा लिएर बस्दै आएका थिए ।

सोही अबस्थामा ब्यापार पनि सुरु गरेका उनिहरुले केहि बर्षमै नेपालको बंशजको नागरिकता प्राप्त गरी गौरको मुख्य सडकमा ठुलो महल खडा गरि आफ्नो धन्धा संचालन गरिरहेको बुझिन आएको छ।

यो बिचमा यिनिहरुको यि सबै काला कर्तुतको खुलासा भने त्यसबेला भयो जब धिरेन्द्र शाह भारतको बिहार राज्य सितामढी जिल्लाको रिगरखण्डको रेवासी पकरी ग्राम पञ्चायत चुनावमा प्रत्यासी भए ।

विरेन्द्र साह सोनार र धिरेन्द्र साह सोनार रौतहटको परोहा नगरपालिका अन्तर्गत भेडियाहि नगर सविकको वशन्तपट्टी गाविस वडा नम्वर ८ वाट नेपाली नागरिकता लिएका हुन् ।

माँ जानकी एण्ड कृष्णा ज्वेर्लस र सन्नी ज्वेलर्स सञ्चालन गर्दै आएका दाजुभाई वार्षिक एक अर्बभन्दा बढीको सुन नेपालबाट भारततर्फ अवैध रुपमा निर्यात गर्दै आएको राजस्व कार्यालयबाट बुझ्न सकिन्छ ।

पटक पटक नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेपनि शक्तिकेन्द्रको आड तथा उच्च ओहदाका कर्मचारी (राजश्व अनुसन्धान) लाई आर्थिक चलखेलमार्फत आफुलाई चोखो सावित गर्दै आएका छन् ।

यी अबैध कारोवारी विदेशी नागरिकको कृयाकलापले गौरको समग्र बजार भेगमा नराम्रो असर परेको इमानदार ब्यापारीहरुले बताएका छन् ।

नेपाल सरकारको बिभिन्न नियमनकारी निकायले दुवै दाजुभाई उपर कारवाही नगरेको भने होईन ।

तर पटक पटकको कारवाहीमा समेत यिनले आफ्ना गलत कारोवारलाई अबैध रकम लेनदेनको भरमा टुङ्गयाउदै आएको कुरा सबुत प्रमाणले नै छर्लङ्ग गरेको छ ।

अबैध कारोवार ब्यवसाय तथा थोरै समयमा आर्जन गरेको अथाह कालोधनको बारेका जिकिर भएपनि डवल नागरिकताको सवालमा अहिले सम्म कसैले प्रश्न उठाएको थिएन ।

सबुत प्रमाणको पुष्टि हेर्ने हो भने यि दुवै दाजुभाईले आर्जन गरेको सम्पती नेपाल सरकारले जफत गरी दुबै जनाले किर्ते प्रमाणका आधारमा लिएको नेपाली नागरिकताहरु समेत बदर गरेर सजाय गर्नुपर्ने व्यावसायिहरुकै राय छ।

रातारात नेपाली नागरिकता लिदै अबैध सम्पति आर्जन

यस्तालाई कारवाही नगरे मधेशमा रातारात नेपाली नागरिकता लिदै अबैध सम्पति आर्जन गर्नेहरुकै वोलवाला चल्न समय लाग्दैन भन्ने भनाई मधेसका आम नागरिकको रहेको छ ।

अवैध नागरिकतालाई कानुन वमोजिम सरकारले नियन्त्रणमा नलिने हो भने यिनीहरुले भनसुन र लेनदेनको आधारमा मधेसलाई तस्करी क्षेत्रकै रामराज्य खडा हुनेमा शंका छैन ।

भनसुन र लेनदेनकै आधारमा अबैध नागरिकताधारीलाई राज्यले संरक्षण दिदै जाने हो भने बस्तविक देशका नागरिक अल्पमतमा पर्ने र ठुलो दुर्घटना निम्तने दावी स्थानियले गर्दै आएका छन् ।

यसै सन्दर्भमा राजस्व अनुसन्धान बिभागका महानिर्देशक प्रकाश पौडेल सग सम्पर्क गर्दा यो बिषयमा कुरा राख्दा उहाँ भन्नुहुन्छ अब हाम्रो ध्यानाकर्षण भएको छ ।

राज्यले यस्ता स्थानियको आरोप चिर्दै मधेसमा शान्ति, सुब्यवस्था र विधिको शासन प्रत्याभुती गराउन समेत दुबै जनामाथी प्रचलित कानुन बमोजिम कारवाही गर्न जरुरी रहेको स्थानियको माग रहेको देखिन्छ ।

गौर बस्ने दुई देशको नागरिकता बोक्नेको अबैध धन्दा