December 22, 2021
मेची–महाकाली एकता यात्रा गर्दै विवेकशील साझा
विवेकशील साझा पार्टीले महाकाली–मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको छ ।
आगामी पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सो पार्टीले महाकाली मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको हो ।
सो पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
यात्रा पुष २७ गते कञ्चनपुरबाट सुरु भई माघ १६ गते झापा पुगेर अन्त्य हुने विवेकशील साझा पार्टीद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।
महाकाली मेची यात्राको विस्तृत विवरण पछि प्रकाशित गरिने विज्ञप्तिमा जनाइएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ स् ‘नागरिकहरूका आ९आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुनेछ।’
सो पार्टीले आफ्ना सम्पूर्ण नेता, सदस्य र शुभेच्छुकहरुलाई पार्टीको यो विशेष यात्रामा साथ दिन अनुरोध समेत गरेको छ ।
मेची–महाकाली एकता यात्रा गर्दै विवेकशील साझा
प्रकाशित मिति:December 22, 2021