अब मन्त्रालयको सिफारिसमा मात्रै शोधभर्ना बजेट निकासा

Nepal Cover
७ पुष २०७८, बुधबार
image

अब मन्त्रालयको सिफारिसमा मात्रै शोधभर्ना बजेट निकासा

काठमाडौँ-अब शोधभर्नाको बजेट मन्त्रालयको सिफारिसमा मात्रै निकासा हुने भएको छ ।

ऋण र अनुदानबाट सञ्चालित आयोजना तथा कार्यक्रमले शोधभर्ना माग्दा तालुकदार मन्त्रालयको सिफारिस अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको हो।

यसअघि महालेखा नियन्त्रक कार्यालयले सिधै भुक्तानी गर्ने गरेकोमा अब मन्त्रालयको सिफारिसमा मात्रै भुक्तानी गर्ने गरि कार्यलयले आन्तरिक परिपत्र गरेको छ ।

वैदेशिक ऋण र दातृ निकायहरुको अनुदान सहयोगमा कार्यान्वयन भइरहेका योजना तथा कार्यक्रम पहिले सम्बन्धित आयोजनाबाटै खर्च व्यहोर्ने र उक्त रकम पछि शोधभर्ना माग्ने गरिन्छ ।

यस्ता योजना तथा कार्यक्रमले यसअघि सिधै महालेखा नियन्त्रकको कार्यालयमार्फत् निकासा फुकुवा लिने गरेका थिए ।

अब मन्त्रालयको सिफारिसमा मात्रै शोधभर्ना बजेट निकासा