नेप्से परिसूचक आज १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा
काठमाडौँ-गत मंगलबारदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ।
नेप्से बढेपनि यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।
बुधबार ४ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ कम्पनीको ५९ हजार ८ पटकको कारोबारमा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको ८३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१० अंक र फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ।
बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ ।
यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
यता विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।