शिक्षकको विज्ञापन खारेज गर्न प्रभु साहको माग

  Sampatti News

December 23, 2021

शिक्षकको विज्ञापन खारेज गर्न प्रभु साहको माग

काठमाडौं-शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन संशोधन वा खारेज गर्नुपर्ने माग नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले गरेका छन् ।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै साहले त्यसलाई संशोधन वा खारेज गर्न माग गरेका हुन् ।

‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ ।

प्रदेश २ मा रहेको धेरै जनसंख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट-पद संख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य-स्वाभाविक मान्न सकिँदैन्’ साहले आफ्नो फेसबुक फेजमा लेखेका छन् ।

निमावि तहमा दुई हजार पाँच सय ९८ शिक्षकका लागि आयोगले विज्ञापन खुल्ला गरेको छ । तर अन्य प्रदेशको तुलनामा प्रदेश २ मा शिक्षक मागको संख्या थोरै रहेको छ ।

शिक्षकको विज्ञापन खारेज गर्न प्रभु साहको माग

प्रकाशित मिति:December 23, 2021