९ जना शिक्षा प्रशासक सह-सचिव पदमा बढुवा सिफारिस

Nepal Cover
९ पुष २०७८, शुक्रबार
image

९ जना शिक्षा प्रशासक सह-सचिव पदमा बढुवा सिफारिस

काठमाडौँ-नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना प्रशासकको बढुवा सिफारिस गरेको छ ।

नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समुह तर्फका ९ जना लाई सह-सचिव पदमा पदस्थापना हुने गरी मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्नेमा रुद्र प्रसाद अधिकारी, लक्ष्मी प्रसाद भट्टराई, शिव कुमार सापकोटा, चन्द्रकान्त भुसाल, युवराज पौडेल , अम्विका प्रसाद अधिकारी, मानवहादुर घिमिले, देव कुमार वराल र चन्द्रप्रसाद लुईटेल रहेका छन् ।

सिफारिस मध्यबाट २ जनाको सह-सचिव पदमा पदस्थापना हुने मन्त्रालयले जनाएको छ ।

९ जना शिक्षा प्रशासक सह-सचिव पदमा बढुवा सिफारिस