काठमाडौँ-पुर्व प्रधानमन्त्रि बावुराम भट्टराईले अग्रगमन पक्षधर गठबन्धनलाई जिताउन अनुरोध गर्नुभएको छ ।
एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै उहाँले उक्त अनुरोध गर्नुभएको हो ।
काठमाडौस्थित कार्की बैंकेटमा आयोजना भएको भेलामा एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहका देसैभरका प्रगतिशिल ईन्जिनीयरहरुको उपस्थिती रहेको थियो ।
एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको निर्वाचन परिचालन मुल समितीका संयोजक ईन्जिनीयर सरोज कुमार उपाध्यायको सभापतित्वमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद अध्यक्ष डा वाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
बिशिष्ट अतिथीमा जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी समिती अध्यक्ष उपेन्द्र यादबको उपस्थिती रहेको थियो ।
साथै अर्का बिशिष्ट अतिथीमा वागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको उपस्थिती रहेको थियो ।
कार्यक्रको बिशेष अतिथीमा उर्जा मन्त्री पम्फा भुसाल , सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, यातायात मन्त्री रेणु कुमारी यादव, पर्यटन मन्त्री प्रेम आले , कृषी मन्त्री महेन्द्र राय यादव , शहरी विकास मन्त्री राम कुमारी झाक्री, एकिकृत प्रगतिशिल ईन्जिनीयर समुहका सह संयोजक ई रामेश्वर लामिछाने तथा अर्का सह संयोजक ई तिमीला यमीको उपस्थिती रहेको थियो ।
पुर्व प्रधानमन्त्रि तथा कार्यक्रमका प्रमुख अतिथि भट्टराईले उमेदवार घोषणा भएका इन्जिनियरहरुलाइ बधाइ तथा शुभकामना दिदै समृद्ध नेपाल निर्माणका निम्ति पनि तपाईंहरूको बिजय आबश्यक रहेको भन्दै यो गठबन्धनले बिकासका निम्ति महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
उहाले भन्नुभयो ‘अग्रगमन पक्षधर गठबन्धनलाई जिताउन म अनुरोध गर्दछु,। ‘उहाहरुलाई जिताउनुनै प्रतिगमन बिरुद्ध एउटा ठुलो सफलता हो ।’

कार्यक्रममा अर्का बिशिष्ट अतिथी जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी समिती अध्यक्ष उपेन्द्र यादबले सम्बोधन गर्दै परिवर्तनको लागी तपाईंहरूले जित्नुपर्छ र यो जित अग्रगमनको निम्ति पनि आवश्यक छ भन्दै हाम्रो सबै शक्ति तपाईंहरू माझ हुने बताउनु भयाे ।
उहाँले देश निर्माणको सम्बाहकको रुपमा ईन्जिनीयरलाई ब्याख्या गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको निर्वाचन परिचालन मुल समितीका संयोजक ईन्जिनीयर सरोज कुमार उपाध्यायले अबको चुनाब पश्चात एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहले नेपाल ईन्जिनीयरर्स एसोसियसनको तथा समग्र देश बिकाशको नेतृत्व गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उर्जामन्त्री पम्फा भुसालले समर्ग देश तथा उर्जा क्षेत्रको बिकाशमा ईन्जिनीयरको भुमिका महत्वपुर्ण रहेको बताउदै सम्पुर्ण उम्मेद्वारलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले ईन्जिनीयर बिनाको बिकाश कल्पना गर्न नसकिने बताउनु भयो ।
उहाले नेपाल जस्तो बिकाश उन्मुख देशमा ईन्जिनीयरहरुले धेरै काम गर्न बाकी नै रहेको बताउदै सम्पुर्ण उम्मेद्वारलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल ईन्जिनीयरर्स एसोसियसनको ३३ औ कार्यकारीणी समितीको चुनावका लागी एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको तर्फवाट संयोजक सरोजकुमार उपाध्यायले सबै उम्मेद्वारहरुको घोषणा गरि परिचय गराइदिनुभएको थियो।
कार्यक्रममा नेपाल ईन्जिनीयरर्स एसोसियसनको ३३ औ कार्यकारीणी समितीको चुनावका लागी एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको तर्फवाट उम्मेद्वारहरुको घोषणा गरिएको थियो ।
त्यस्तै नेपाल ईन्जिनीयरर्स एसोसियसन वागमती प्रदेश दोस्रो कार्यकारिणी समितिका लागी एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको तर्फवाट उम्मेद्वारहरुको घोषणा गरिएको थियो ।
प्रगतिशील ईन्जिनीयर्स समुहले आफ्ना बिभिन्न उद्देश्यका साथ सम्पुर्ण ईन्जिनियरलाई सर्मथको आह्वान गरेर आफ्ना उम्मेद्वारको घोषणा गरेको हो ।
एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहले नेपाल ईन्जिनीयरर्स एसोसियसनको विधान संसोधन गरी विबेदकारी उमेर हद हटाउने , बिशुद्ध पेसागत संस्थाको रुपमा हस्तक्षेप रहित एसोसियसनको निर्माण् गर्ने, नयाँ ईन्जिनीयरलाई रोजगारी पर्वदन गर्ने लगायतका प्रतिबद्धता सहित देश भरका ईन्जिनीयरलाई हातेमालो गर्न आह्वान गरेको छ ।
नेपाल ईन्जिनीयरर्स एसोसियसनको ३३ औ कार्यकारीणी समितीको चुनावका लागी एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको तर्फवाट उम्मेद्वारहरु निम्न रहेका छन्

अध्यक्ष: ई. डा. हरिराम पराजुली
उपाध्यक्ष: आ. न्हसला तुलाधर
महासचिव: ई. डा. शंकर ढकाल
उप-महासचिव: ई. डा. समित थापा
कोषाध्यक्ष: ई. श्याम नारायण चौधरी
सह-कोषाध्यक्ष: ई. स्मिता भट्ट
सदस्यहरु:
ई. संजिव नारायण यादव
ई. विकास महर्जन
ई. रामु श्रेष्ठ
ई. कुलभूषण शेखर शर्मा
ई. विशाल अधिकारी
ई. सुनिल दाहाल
ई. अशोक विष्ट
ई. रिजन गजुरेल
ई. रबिराज अधिकारी
ई. कृपानन्द यादव
ई. दिनबिनोद खड्का
ई. डा. हरि शंकर साह
नेपाल ईन्जिनियरीडं परिषद तर्फ
ई. गोविन्द पौडेल (समूह क)
आ. चादमाला श्रेष्ठ (समूह ख)
ई. देव नारायण यादव (समूह ग)
ई. यज्ञ प्रसाद गैरे (समूह घ)
ई. राहुल क्षेत्री (समूह ङ)
बागमती प्रदेश समितितर्फ एकीकृत प्रगतिशील ईन्जिनीयर समुह

केन्द्रीय सदस्य: ई. राम भारती
अध्यक्ष: ई. गिरीधर मिश्र
उपाध्यक्ष: ई. शिव प्रसाद भण्डारी
सचिव: ई. अमर चन्द्र निराला
सह-सचिव: ई. कमल पोखरेल
कोषाध्यक्ष: ई. उमेश जंग थापा
सदस्यहरु:
ई. राम बहादुर तामांग
ई. धिरेन्द्र कुँवर
ई. राम प्रसाद शर्मा
ई. मदन सुवेदी
ई.अर्जुन नेपाल
ई.नविन कुमार चौधरी
ई. आशिष थपलिया
ई.खेम बिक्रम थापा
ई. निज्ज्वल सिटौला
ई. धिरज बस्नेत
प्रदेश २ समितितर्फ एकीकृत प्रगतिशील ईन्जिनीयर समुह
