सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

Nepal Cover
११ पुष २०७८, आईतवार
image

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ-आज सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले अपरान्ह ३ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार आज सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने जनाएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरीसशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहने छ ।