नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका दासानायके नेपाल आइपुगे

Nepal Cover
१३ पुष २०७८, मंगलवार
image

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका दासानायके नेपाल आइपुगे

काठमाडौं-नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके आज नेपाल आइपुगेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक पुबुदु दासानायकेलाई मंसिर १५ गते नेपाली क्रिकेटका मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका छन् ।

प्रशिक्षक पुबुदुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका छन् ।

मंगलबार विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै उनले खुसी ब्यक्त गर्दै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए का छन्।

पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेट नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी थपिएको बताए।

पूर्व मुख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको थियो ।

त्यसपछि क्यानले खुला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षक नियुक्त गरेको हो।

प्रशिक्षक पुबुदुले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबैजसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठाभित्र छलफल गरे समाधान हुने विश्वास व्यक्त गरे।

प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीलाई प्रशिक्षण दिइसकेका छन् ।

उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक सन २०१४ मा आइसिसी ट्‌वान्टी–२० विश्वकप खेलेको थियो।

सोही हिसाबले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षकका रूपमा लिइन्छ ।

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका दासानायके नेपाल आइपुगे