चार्ल्स शोभराजको मुद्दामाथि आज सुनुवाइ हुदै

  Sampatti News

January 5, 2022

चार्ल्स शोभराजको मुद्दामाथि आज सुनुवाइ हुदै

काठमाडौँ-चार्ल्स शोभराजको मुद्दामाथि सुनुवाइ गर्न सर्वोच्च अदालतले आज पेसी तोकेको छ ।

शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए ।

उक्त रिट निवेदनमाथीको सुनवाईको लागी आज पेसी तोकिएको हो ।

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी पेसी तोकिएको हो ।

यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ ।

कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका चार्ल्स शोभराजलाई शृङ्खलावद्ध हत्यामा जन्मकैदको सजाय भएको छ ।

चार्ल्स शोभराजको मुद्दामाथि आज सुनुवाइ हुदै

प्रकाशित मिति:January 5, 2022