विशिष्ट श्रेणीको सचिवमा राउत

  Sampatti News

January 5, 2022

विशिष्ट श्रेणीको सचिवमा राउत

काठमाडौँ-वरिष्ठ सहसचिव कृष्ण बहादुर राउत विशिष्ट श्रेणीको सचिवमा बढुवा हुनुभएको छ ।

काठमाडौँ आज बसेको मन्त्रिपरिषद् बैठकले राउतलाई सचिवम बढुवा गर्ने निर्णय गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव राउत सहित रामेश्वर दंगाल र मुकुन्द प्रसाद निरौलाको नाम सिफारिस गरेको थियो ।

सिफारिस तिन जना मध्य आज बसेको मन्त्रिपरिषद् बैठकले राउतको नाम अनुमोदन गरेको समाचार स्रोतले बताएको छ ।

सहसचिव राउतले गत श्रावण देखी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सहसचिव एवं प्रवक्ताको भुमिका निर्वाह गर्दै आउनु भएको छ ।

निजामती कर्मचारी बृतमा सचिब कृष्ण बहादुर राउतले मेहनती, ईमान्दार र कर्तव्यनिष्ठ प्रशासकको रुपमा आफ्नो बेग्लै पहिचान स्थापित गराउनु भएको छ ।

जनताको समस्या छिटो बुझन, छिटो निर्णय दिन सक्ने, सरल र सहज स्वभाबका राउतको बढुवासँगै निजमती प्रशासनले एक उत्कृष्ठ प्रशासक विशिष्ट श्रेणीको सचिवको रुपमा पाएको छ ।

सहसचिबबाट सचिबमा बढुवा हुनुभएका राउतबाट समग्र निजामती प्रशासनले उत्कृष्ठ कार्यसम्पादनको ठुलो अपेक्षा राखेको छ ।

प्रकाशित मिति:January 5, 2022