विनायक अस्पतालकाे २५ औँ वार्षिक साधारणसभा सम्पन्न

  Sampatti News

January 9, 2022

काठमाडौँ -विनायक अस्पताल तथा प्रसुतिगृह प्रा.ली.को २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौँको गोंगबुमा रहेको अस्पतालको शनिबार वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा अस्पतालमा १६ जना नयाँ शेयर सदस्य थप भएका छन् ।

करिव ३३ करोड लगानी भएको अस्पतालको थप १२ सहित ६२ जना लगानीकर्ता पुगेका छन् ।

अरिकल इभेन्ट महाराजगन्जमा आयोजना भएको वार्षिक साधारणसभाले २ बर्षका लागि ७ सदसिय नयाँ संचालक समिति चयन गरेको छ ।

अध्यक्षमा उमा कुमारी ढकाल,प्रबन्ध निर्देशकमा केपी लामिछाने र मेडिकल डाइरेक्टरमा डा।उषा खाण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा खगेन्द्र प्रसाद अधिकारी,तुलसी बहादुर सिखंड श्रेष्ठ,गोबिन्द प्रसाद ज्ञवाली र पशुपति लामिछाने रहेका छन् ।

बि।स। २०५२ सालमा चावहिलमा स्थापना भएको यस अस्पताल २०६१ सालमा गोंगबुमा सारिएको हो ।

भाडाको भवनमा रहेको यस अस्पताल एक बर्षभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारीमा रहेको छ ।

अस्पतालको नाममा गोंगबुमा रहेको २ रोपनी जग्गामा अब छिट्टै नयाँ भवन निर्माण गरेर सर्ने तयारी अस्पतालको रहेको छ ।

शनिबार सम्पन्न वार्षिक साधारणसभामा भवनको डिजाइनबारे फोटो चित्र प्रस्तुत गरिएको थियो ।

वार्षिक साधारणसभामा नयाँ लगानीकर्तालाइ शेयर प्रमाणपत्र प्रदान गरिएको थियो भने निवर्तमान प्रबन्ध निर्देशक एम प्रसाद द्वालाई मायाको चिनो प्रदान गरिएको थियो ।

केहि समय अगाडी अस्पताललाई अझ शशक्त र सुबिधा सम्पन्न बनाउने उदेश्यका साथ यस अस्पतालले 4D भिडियो एक्स रे सेवा उपलब्ध गराएको थियो ।

अस्पताललाई समयानुसार थप प्रबिधियुक्त बनाउदै उपलब्ध नभएका सेवाहरु बिस्तार गर्दै जाने लक्ष्य अनुरुप अस्पतालले यो सेवा सुरु गरेको थियो ।

विनायक अस्पतालमा अहिले एक्स रे, भिडियो एक्स रे, सिटिस्क्यान सेवा उपलब्ध छन् ।

विनायक अस्पतालमा हाल ५ आइसीयु र ३ भेन्टिलेटर रहेको छ ।

आफ्नो पदभार ग्रहण गर्दै नवनिर्वाचित मेडीकल डाइरेक्टर उषा खाण श्रेष्ठले आफ्नो कार्यकालमा भवन निर्माण गर्ने तथा अस्पतालको सेवा र सुबिधा थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै प्रबन्ध निर्देशक केपी लामिछानेले यो अस्पताललाई अब समयानुसार थप प्रबिधियुक्त बनाउदै हाल उपलब्ध नभएका सेवाहरु बिस्तार गर्दै जाने बताएका छन् ।

उनले सबैको सुझाब र सल्लाह अनुरुप आफुले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अध्यक्ष उमा कुमारी ढकालले सबैको साथ र सहयोग लिई अस्पतालको उदेश्य र लक्ष्य हासिल गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन नवराज लामिछानेले गरेका थिए ।

प्रकाशित मिति:January 9, 2022