माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

  Sampatti News

January 9, 2022

काठमाडौँ-सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

काेराेना भाइरसकाे सङक्रमणदर बढेसँगै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।

त्यस्तै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी) को बैठकले गरेको हो ।

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय भएको हो ।

निर्णयमा भनिएको छ ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ ।

बैठकले राजनीतिक सभा सम्मेलन तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वानसमेत गरेको छ ।

नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति:January 9, 2022