राष्ट्रियसभा निर्वाचनका लागि आचार संहिता लागु
काठमाडौँ-आज सोमबार देखि राष्ट्रियसभा निर्वाचनका लागि आचार संहिता लागु भएको छ।
व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको निर्वाचन आयोगले बताएको छ ।
स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न निर्वाचन आयोगले निर्वाचन आचार संहिता पुस २६ देखि लागु हुने बताएको छ ।
आयोगले आचार संहिताको पालना गर्नु सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।
आचार संहिता उल्लंघन भएमा कानुनी कारबाही हुने भएकाले पूर्णरूपमा पालना गर्न गराउन सरोकारवालामा निर्देशन गरेको छ।

राष्ट्रियसभा निर्वाचनका लागि आचार संहिता लागु