काठमाडौँ-सरकारले वीर अस्पतालको प्रमुख पदमा डा गुणराज लोहनीलाई पठाउने निर्णय गरे पनि वीर अस्पतालका एक कर्मचारीको समूहले प्रधानमन्त्री शेर बहादुर देउवा सँगको भेटपछि सरुवा रोकिने भएको छ।
वीर र स्वास्थ बिभागका केही कर्मचारीले बालुवाटारमा कुरा पुर्याएपछी मन्त्री बिरोध खतिवडालाई धर्म संकट परेको छ।
लामो समय लाभ लिइरहेका स्वास्थ क्षेत्रका माफियाका कारण स्वास्थ क्षेत्रमा जनमुखी काम हुन सकेको छैन ।
नयाँ मन्त्री आएपछि केही सुधार होला कि भन्ने झिनो आसामा रहेकाहरु आफैले गरेका सरुवा कायम गराउन नसक्ने अवस्था पुगेका मन्त्री खतिवडाको निरिहपन नियालिरहेकाले स्वास्थ मन्त्रालय थप भद्रगोल तिर गएको टिप्पणी गरेका छन् ।
प्रमुख विशेषज्ञ १२ औँ तहको दरबन्दी रहेको वीर अस्पतालमा १२ औँ तहकै डा लोहनीलाई पठाउने निर्णय भएको हो ।
तर भर्खरै बढुवा भएका वीर अस्पतालको प्रमुख पदमा यसअघि निमित्त प्रमुख डा भुपेन्द्रकुमार बस्नेतले कार्य गर्दै आएका थिए उनी एघारौं तहका हुन ।
आज वीरमा नयाँ जिम्मेवारी समाल्न जाने तयारीमा रहेका डा लोहनी बिरकै केही कर्मचारीले गेटमा प्ले कार्ड लिएर हाजिर गर्न दिदैनौ भनेपछी जान सकेनन।
यसैगरी सरकारले राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रकाश साहलाई कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा पठाएको छ ।
साथै कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रवीन खडकालाई वीर अस्पतालमा ल्याईएको छ ।
यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा राजेन्द्र खनाललाई पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यहाँ सचिव रहेका डा विकास देवकोटालाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याउने गरी मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको मन्त्रालय श्रोत ले बतायो।
प्रधानमन्त्री मन्त्री तहबाट सरुवा बदर गराउन दबाब परेपछि स्वास्थ मन्त्री तनावमा रहेको बुझिएको छ।