सहसचिव खरेल सचिवमा बढुवा

  Sampatti News

January 15, 2022

सहसचिव खरेल सचिवमा बढुवा

काठमाडौँ-सहसचिव शंकरप्रसाद खरेल सचिवमा बढुवा भएका छन् ।

मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले उनी सचिवमा बढुवा भएका हुन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि सहसचिव रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो ।

५८ वर्षे सेवा अवधिका कारण खरेल माघ ४ गते अनिवार्य अवकाशमा जाँदै छन् ।

सहसचिव खरेल सचिवमा बढुवा

प्रकाशित मिति:January 15, 2022