त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द

  Sampatti News

January 15, 2022

त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द

काठमाडौँ-त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द हुने भएको छ ।

कोरोना संक्रमण बढेको भन्दै विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसहरु माघ १० गतेसम्म विदा दिने भएको हो ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले बन्द गर्ने निर्णय भएको हो ।

सूचना विश्वविद्यालय माघ १० गतेसम्म बन्द हुने भनिएता पनि हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख छ ।

परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने बताईएको छ।

परीक्षा हुने तथा पठन पाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रममा भने अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।

माघ १० पछि भने स्थानीय तहसँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।

प्रकाशित मिति:January 15, 2022