प्रहरीमा २० हजार ५९४ जनाको बढुवा प्रक्रिया शुरु

  Sampatti News

January 20, 2022

प्रहरीमा २० हजार ५९४ जनाको बढुवा प्रक्रिया शुरु

काठमाडौँ-प्रहरी प्रधान कार्यालयले सहायक हवल्दार, बरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि प्रक्रिया शुरु गरेको छ ।

मन्त्रिपरिषद्ले प्रहरी नियमावली संसोधन गरेसँगै नेपाल प्रहरीका इन्स्पेक्टर भन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५९४ जना सुरक्षाकर्मीको बढुवा हुने भएको हो ।

प्रहरीमा अहिले ट्रेनी समेत ४७ हजार ५३ जना जवान छन् ।

उनीहरुमध्ये ३३ प्रतिशत अर्थात १५ हजार ५२७ जना सहायक हवल्दारमा बढुवा हुँदैछन् ।

हवल्दार पदमा कार्यरत २५ प्रतिशतलाई बरिष्ठ हवल्दारमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयले तयारी गरेको हो ।

अहिले रहेका १४ हजार ९८९ जना हवल्दार मध्येबाट ३ हजार ७४७ जना बरिष्ठ हवल्दारमा बढुवा हुने छन् ।

त्यस्तै, प्रहरी नायव निरिक्षक (सई)बाट बरिष्ठ सई हुनका लागी १ हजार ३ सय २० जना प्रतिस्पर्धामा छन् ।

प्रहरीमा अहिले ४ हजार २९६ जना सई कार्यरत छन् ।

उनीहरु मध्येबाट ३३ प्रतिशत अर्थात १ हजार ३ सय २० जना वरिष्ठमा बढुवा हुन्छन् ।

प्रहरीमा २० हजार ५९४ जनाको बढुवा प्रक्रिया शुरु

प्रकाशित मिति:January 20, 2022