उपत्यकामा आज राति १२ बजेदेखि जोर बिजोर प्रणाली

  Sampatti News

January 21, 2022

काठमाडौँ-काठमाडौँ उपत्यकामा सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले आज राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

स्माट लकडाउनको कार्यविधिअनुसार कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले सार्वजनिक र निजी सवारी साधनहरूमा जोर बिजोर लागू गरिएको हो ।

जोरबिजोर प्रणाली लागू गरिएसँगै जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछन् ।

प्रकाशित मिति:January 21, 2022