ब्रूकलिन कलेजमा स्वागत तथा बधाई कार्यक्रम

  Sampatti News

January 21, 2022

ब्रूकलिन कलेजमा स्वागत तथा बधाई कार्यक्रम

काठमाडौंकाे सुकेधारास्थित ब्रूकलिन कलेजले स्वागत,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

माईती नेपालकी संस्थापक अध्यक्ष तथा सिएनएन हिरोबाट सम्मानित अनुराधा कोईरालाको प्रमुख आतिथ्यतामा तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा परीक्षा नियन्त्रक पुष्पराज जोशीको बिशेष आतिथ्यतामा विशाल कार्यक्रम आयोजना गरि ब्रूकलिन कलेजले नयाँ विद्यार्थी लाई स्वागत गर्दै उत्तीर्ण विद्यार्थीहरुलाई बधाई अर्पण गरेको हाे ।

कलेजले कक्षा ११ का नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२ उत्तीर्ण तथा ब्याचलर ग्र्याजुयशन गरेका विद्यार्थीहरुलाई बधाई दिइएको थियाे ।

वरिष्ठ सञ्चारकर्मी तथा शिक्षासेवी अशोक पाण्डेद्वारा संचालित उच्चस्तरको कार्यक्रममा कलेजका अध्यक्ष तथा प्राचार्य खिलानाथ सापकोटाले उपस्थित सम्पूर्ण विद्यार्थी लगायत अतिथिहरुलाई मन्तव्यमार्फत स्वागत गरेका थिए ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै अध्यक्ष सापकोटाले कलेजको बृहत्तर प्रगतिमा अहोरात्र खटिने प्राध्यापक लगायत कर्मचारीलाई धन्यवाद दिएका छन् ।

कलेजको बारेमा उनको भनाइ यस्तो थियो “आजको कार्यक्रमको प्रमुख अतिथि अनुराधा कोईरालाद्वारा स्थापित यो कलेजमा जोडिएर अध्यक्ष भइ कलेज संचालन गर्न अत्यन्तै गर्व लागेको छ।”

ब्रूकलिन कलेजको नामाकरणको बिषयमा पनि सापकोटाले प्रष्ट्याएका थिए ।

कार्यक्रम भएको स्थल जमिन नै कलेजले खरिद गरिसकेको र छिट्टै सम्पूर्ण सुविधायुक्त भवन निर्माण गरि कलेज संचालन गरिने पनि उनले बताए ।

कलेजबाट मुनाफा आर्जन गर्ने भन्दा पनि शिक्षामा हरेक नेपालका नागरिकको पहुँच होस् भन्ने अभिप्रायले अनुराधा कोईरालाले स्थापना गरेको कलेजमा सबैले सर्वसुलभ रूपमा शिक्षा आर्जन गर्न सकुन भन्ने लक्ष्य लिईएको सापकोटाले बताए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सम्मान लगायतलाई सम्मान गरिएको थियोे भने अनुराधा कोईरालालाई अभिनन्दन गरिएको थियो ।

लोक गायक चन्द्र शर्मा र त्यसै कलेजकी पूर्व विद्यार्थी तथा चर्चित लोक गायिका कल्पना दाहालले लोक भाकामा र झ्याउरे भाकामा गीत प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए ।

उनीहरुले गीत प्रस्तुत गरिरहँदा वातावरण पूर्ण सांगेतिक भएको थियो । कार्यक्रममा कलेजका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

ब्रूकलिन कलेजमा स्वागत तथा बधाई कार्यक्रम

प्रकाशित मिति:January 21, 2022