मन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा

  Sampatti News

January 23, 2022

मन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा

काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा रहेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।

गृहमन्त्री खाणले मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछियस्तो बताएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा हामी सबैले नोटिसमा राखेको गृहमन्त्री खाणले बताएका हुन्।

उनले हामीहरुले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्ने बताएका छन् ।

सबैभन्दा पहिला संविधान र विधिको पालना सरकारले नै गर्नुपर्ने उनको भनाइ छ ।

‘त्यसकारण मन्त्रीको अभिव्यक्ति कानुन र विधिसम्मत हुनुपर्छ ।

गृहमन्त्री खाणले विधि र कानुन सम्मत अभिव्यक्ति राख्दा राम्रो हुने बताए ।

मन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा

प्रकाशित मिति:January 23, 2022