क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गैरकानुनी,कारोबारीलाई कारबाहीकाे चेतावनी

  Sampatti News

January 24, 2022

काठमाडौँ-नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सीको रुपमा रहेको क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ कारोबार नगर्न निर्देशन जारी गरेको छ ।

पछिल्लो समय केही व्यक्तिले नेपालभित्र गैरकानूनी रहेको क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सीसँग सम्बन्धित हाइपड फन्डजस्ता कोषमा लगानी गर्ने र जोसिअल, क्राउड १, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध भएर कारोबार गर्नेको संख्यामा वृद्धि भएपछि राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

राष्ट्र बैंकको निर्देशन भनिएको छ –‘हालका दिनहरुमा छोटो अबधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी। क्रिप्टो करेन्सीहरुको कारोबार प्रयोग गर्न तथा त्यससँग सम्बन्धित हाईपर फण्डजस्ता कोषमा लगानी गर्न र जोसिकल क्राउड १, सोलीम्याक्स ग्लोवलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ,’ सूचना अगाडिमा भनिएको छ, ‘विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिइ स्वदेशी पुँजी पलायन हुने भएकाले यस्ता कारोबारमा संलग्न नहुन नेपालभित्रका स्वदेशी तथा विदेशी नागरिक एवम विदेशमा बस्ने नेपालीहरुलाई समेत जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।’

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबार तथा व्यवसायले नेपालमा कानूनी मान्यता नभएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

‘हालका दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी÷क्रिप्टोकरेन्सीहरुको कारोबार गर्न तथा त्यस सम्बन्धी हाइपर फण्ड जस्ता कोषमा लगानी भएको जानकारी प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय अत्यधिक आयातको कारण वैदेशिक मुद्रा सञ्चितिमा निरन्तर दबाब परिरहेको छ ।

५ महिनाको तथ्यांक अनुसार ६।८ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने मात्रै मुद्रा सञ्चिति रहे पछि अनधिकृत रुपमा पुँजी पलायनलाई रोक्न यस्तो निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा रहेका एवम् नेपाल बाहिर रहेका अन्य नेपालीहरुले समेत कमाएको रकम नेपालमा रेमिट्यान्सको रुपमा नपठाएर उतै क्रिप्टोकरेन्सीलगायतमा कारोबार गर्ने गरेको बताइन्छ । साथै पछिल्लो समय नेपालबाटै पनि धेरैजसो नेपालीहरुले भर्चुअल करेन्सी तथा हाइपर फण्डमा लगानी गर्न थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

नेपालमा विदेशी विनियम वा मुद्राको रुपमा भर्जुअल करेन्सी÷क्रिप्टोकरेन्सीले कानुनी मान्यता पाएको छैन ।

यस्तोमा गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने खतरा छ ।

प्रकाशित मिति:January 24, 2022