राष्ट्र बैंकले अघि सार्याे बैंकर्स अस्पतालकाे अवधारणा
काठमाडौं-अब बैंकर्सहरुले पनि सैनिक, प्रहरी, निजामति अस्पताल जस्तै बैंकर्स अस्पताल बनाउन पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी निर्दैशिकामा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व (सीएसआर)को पैसाले त्यस्ता अस्पताल सञ्चालन गर्ने गरी खर्च गर्न पाउने अवधारणा अघि सारेको हो ।
सीएसआरको पैसा वित्तीय क्षेत्रका कर्मचारी, कर्मचारीका परिवार एवं सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गर्ने काममा खर्च गर्न पाउने केन्द्रीय बैंकले तयार पारेको बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०७८ को मस्यौदामा उल्लेख गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट बैंक तथा वित्तीय संस्थाले शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, विश्व सम्पदा, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य प्राप्त हुने वा अन्य क्षेत्रमा खर्च गर्न पाउँने प्रावधान रहदै आएको छ ।
सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा बैंकर्स हस्पिटल बनाउनुपर्ने बैंकर तथा वित्तीय क्षेत्रका कर्मचारीको माग रहिआएको थियो ।
यसबारे नेपाल बैंकर्स संघ र नेपाल वित्तीय संस्था कर्मचारी संघले पनि आवाज उठाउँदै आएको थियो ।
राष्ट्रबैकले सैनिक, प्रहरी, निजामति अस्पताल जस्तै संरचना बनाउन नपाउने भनेर यस अघि कहिकतै उल्लेख गरेर उक्त कुरा रोकिएको भने होईन् ।
तर हालै केन्द्रीय बैंकले तयार पारेको बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०७८ मा बनाउन पाउने भनेर प्रस्ट उल्लेख गरेको हो ।
बैंकर्स संघले तत्कालीन उपाध्यक्ष तथा अहिलेका अध्यक्ष अनिलकुमार उपाध्यायको नेतृत्वमा बैंकर्स अस्पतालबारे अध्ययन गर्न समिति नै बनाएको थियो ।
उनीहरूले सीएसआरको पैसाबाट प्रभावकारी समाजसेवा गर्न सकिनेमा आशावादी रहेका छन् ।
सैनिक, प्रहरी, निजामति कर्मचारी जस्तै बैंकर्स अस्पताल बन्दा निजामति सेवा झैं धेरै कर्मचारी रहेकाे क्षेत्र बैंकिङ पनि हाे ।
बैंकर्स संघकाे अहिलेका अध्यक्ष अनिलकुमार उपाध्यायको नेतृत्वमा बैंकर्स अस्पतालबारे अध्ययन भएकाे थियाे र सयाेगवस उपाध्यायकै नेतृत्वमा अब बैंकर्स अस्पताल निर्माणकाे काम प्रारम्भ हुने वातावरण श्रुजना भएकाे छ ।

राष्ट्र बैंकले अघि सार्याे बैंकर्स अस्पतालकाे अवधारणा