परीक्षाफल प्रकाशित गर्न लोक सेवा आयोगलाई सर्वोच्चको परमादेश

Nepal Cover
१३ माघ २०७८, बिहीबार
image

परीक्षाफल प्रकाशित गर्न लोक सेवा आयोगलाई सर्वोच्चको परमादेश

काठमाडौँ-लोक सेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आयोगको नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको परमादेशले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न आदेश दिएको हो ।

परमादेशमा भनिएको छ, ‘परीक्षाफल रोक्न लोक सेवा आयोगलाई अनुरोध गरी पठाउने भनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७८ भदौ ३ मा भएको निर्णय र पत्राचार तथा तदअनुरुप लोक सेवा आयोगबाट विज्ञापित पदको अन्तिम नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम कारबाही समेत उप्रेषणको आदेशद्वारा बदर हुने र स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरू यथाशीघ्र गर्नु गराउनु भनी विपक्षी लोक सेवा आयोगको नाउँमा परमादेश जारी हुने ठहर्छ ।’

परीक्षाफल प्रकाशित गर्न लोक सेवा आयोगलाई सर्वोच्चको परमादेश