एमडीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

Nepal Cover
१७ माघ २०७८, सोमबार
image

एमडीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं-चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको छ ।

आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।

आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको नतिजा सार्वजनिक गर्दै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्क सहित समावेश गरी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको छ ।

उम्मेद्वारहरुले प्रकाशित नतिजामा चित्त नबुझको खण्डमा पुनर्योग गर्नको लागि आयोगले निवेदन दिन सक्ने जनाएको छ।

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचामा हिमालयन बैंकमा जम्मा हुने गरी एक हजार दस्तुर बुझाएको नकल भौचर संलग्न राखी आज अपरान्ह ५ बजेभित्र आयोगमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

एमडीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक