सचिव ढुङ्गाना अनिवार्य अवकाशमा

  Sampatti News

February 1, 2022

काठमाडौँ-नेपाल सरकारका सचिव शिशिर कुमार ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अवकाश लिएका हुन् ।

अनिवार्य अवकाश पाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार बिदाइ गरेको हो।

माघ २० गतेबाट अनिवार्य अवकाश पाउने ढुङ्गानालाई सार्वजनिक बिदा परेको कारण मङ्गलवारनै बिदाइ गरिएको छ ।

२०५४ कार्तिक १२ गते हवाई विभाग अन्तर्गत एयर ट्रान्सपोर्ट सपोर्ट केन्द्रमा शाखा अधिकृतबाट जागिरे जीवन शुरु गरेका ढुङ्गानाले नेपाल सरकारका विभिन्न निकायमा २४ वर्ष तीन महिना ४ दिन सेवा गरे ।

२०६० सालमा उपसचिवमा नाम निकालेपछि आन्तरिक राजश्व कार्यालय काठमाडौँबाट सहसचिवको यात्रा शुरु गरेका ढुङ्गानाले राजश्व अनुसन्धानको उपमहानिर्देशक, त्रिभवन विमानस्थल भन्सार कार्यालय प्रमुख, अर्थ मन्त्रालयको प्रशासन र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख, भन्सार विभागको महानिर्देशक भएर समेत देसको सेवा गरे ।

२०७३ साल माघ २० सचिवमा बढुवा भएसँगै क्षेत्रीय प्रशासन कार्यालय दिपायलको क्षेत्रीय प्रशासकमा खटिएका सचिव ढुङ्गाना अर्थ मन्त्रालयको राजश्व सचिव, २०७५ पुस १ गतेदेखि २०७६ कार्तिक १४ गतेसम्म प्रधानमन्त्री कार्यालय, त्यसपछि राजश्व सचिव, २०७६ माघ २९ गतेदेखि २०७८ साउन १७ सम्म अर्थ सचिव र त्यसयता प्रधानमन्त्री कार्यालयको सचिवका रूपमा काम गरे ।

सचिव ढुङ्गानाले निजामती सेवामा राम्रा मान्छेहरू भित्रउनेसँगै कर्मचारीलाई उत्प्रेरित बनाउने तर्फ ध्यान दिनु पर्ने बिदाइ समारोहलाई सम्वोधन गर्दै बताएका छन् ।

प्रकाशित मिति:February 1, 2022