३ वटै तहमा ६८ उपसचिवको सरुवा

  Sampatti News

February 2, 2022

काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयमा बसेको सचिव स्तरीय बैठकको निर्णयबाट ६८ उपसचिवको सरुवा भएको हो ।

मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय ३ वटै तहमा उपसचिवको सरुवा गरिएको छ।

कतिपय उपसचिवको बढुवापछि सरुवा मार्फत पदस्थापन समेत भएको छ ।

प्रकाशित मिति:February 2, 2022