भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

  Sampatti News

February 6, 2022

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

काठमाडौं-‘स्वर कोकिला’ उपनामले चिनिने भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममालताको आज सरस्वती पूजाकै दिन निधन भएको हो ।

प्रेस ट्रष्ट अफ इण्डियाले आज बिहान लताको निधन भएको जनाएको छ ।

कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् ।

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

प्रकाशित मिति:February 6, 2022