एमसिसी पारित गर्न अमेरिकाकोे डेटलाइन

  Sampatti News

February 6, 2022

एमसिसी पारित गर्न अमेरिकाकोे डेटलाइन

काठमाडौं-एमसिसी पारित गर्न अमेरिकाले डेटलाइन तोकेर नेपाललाई पत्र पठाएको छ ।

अमेरिकी सरकारको सहायता परियोजना एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महम्मुद बाले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पत्र काटेका हुन् ।

अधिकृत महम्मुद बाले एमसिसी परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेटलाइन समेत पत्रमा उल्लेख गरिएको छ ।

एमसिसीले काटेको पत्रमा एमसिसीमा प्रतिबद्धता अनुसारको कदम चाल्न आग्रह गरेको छ ।

एमसिसीको विषयले नेपालमा जनस्तरबाटै चर्को विरोध भइरहेको बेलामा देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा ५ महिनाको समयसीमा थप गर्न माग गरेका थिए। देउवा र प्रचण्डले ६ बुँदे प्रतिबद्धतासहित अमेरिकालाई पत्र पठाएका थिए।

देउवा र प्रचण्डले ६ बुँदे प्रतिबद्धतासहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएसँगै सत्ता गठबन्धन बिच तिक्तता बढेको छ ।

माओवादी नेता नारायण काजी श्रेष्ठले एमसिसी पास गर्नेसँग सत्ता साझेदारी गर्न नसकिने भन्दै आफ्नो चर्को टिप्पणी ब्यक्त गरिसकेका छन् ।

देउवा र प्रचण्डले ६ बुँदे प्रतिबद्धतासहित अमेरिकालाई पठाएको पत्रमा एमसिसीबाट प्राप्त भएका स्पष्टीकरणका सम्बन्धमा छलफल गरी गठबन्धन साझेदारहरू र हाम्रा पार्टीका सदस्यहरूलाई सूचित गर्ने, सरकारको साधनस्रोत प्रयोग गरी नेपाली जनतालाई यसबारेमा सूचित गर्दै कम्प्याक्ट कार्यान्वयनमा सरकारको सहयोगका सम्बन्धमा जानकारी गराउँदै कम्प्याक्टका सम्बन्धमा रहेका आशंकाहरू हटाउने उल्लेख छन्।

यस्तै, गठबन्धनका साझेदार नेताहरूसहित संयुक्त पत्रकार सम्मेलन गरी एमसिसी सम्झौता अनुमोदनका सम्बन्धमा सकारात्मक दृष्टिकोण प्रस्तुत गर्ने, सरकारी सञ्चारमाध्यममार्फत कम्प्याक्टका सम्बन्धमा यथार्थ सूचना सम्प्रेषण गर्ने प्रतिबद्धता जाहेर गर्दै पत्र पठाएका थिए।

एमसिसी पारित गर्न अमेरिकाकोे डेटलाइन

प्रकाशित मिति:February 6, 2022