मधेश प्रदेशकाे प्रमुख सचिवको जिम्मेवारीमा कृष्णबहादुर राउत कृयाशिल हुदै

  Sampatti News

February 7, 2022

काठमाडौँ-मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव कृष्णबहादुर राउतलाई स्वागत गरि काममा लाग्न आग्रह गरेका छ्न ।

नेपाल सरकारका तर्फबाट भर्खरै बढुवा भएका सचिब राउत प्रशासनिक क्षेत्रमा कम उमेरमा सचिब बन्ने शौभाग्य प्राप्त गर्ने परिचित नाम हो।

हुने बिरुवाको चिल्लो पात भने झै सानै उमेरमा असाध्यै मेहनत गर्ने र परिणाममा बिश्वास राख्ने उहाँको स्वभावैले ब्याक्तित्व निर्माणका निम्ति धेरै समय लागेन।

विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिकामा रहि महत्त्वपूर्ण काम गर्ने उनै राउत गृह मन्त्रालय लगायत प्रदेश सरकारको सचिब हुँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय को प्रबक्ताको जिम्मेवारी सफलतापुर्बक सम्पन्न गर्दागर्दै नेपाल सरकारको सचिब पदमा बढुवा हुनुभएको हो।

नेपालको प्रशासन क्षेत्रका समसामयिक बिषयमा दर्जनौं पुस्तक लेख्नुभएका राउत सग गहकिलो अनुभव सुरक्षित भएकाले पनि अब प्रदेश नम्बर दुई मा महत्त्वपूर्ण कामहुने बिश्वास गरिएको छ।

जहाँ जहाँ जुन जिम्मेवारी रहदा होस उहाँले सम्पादन गर्नुभएका काम स्मरण गर्न योग्य रहेको जानकारहरु बताउछ्न।

बिगतका अनुभवलाई प्रमुख सचिब राउतले यस प्रदेशलाई अधिकतम उपयोग गदै बढुवा पछिको पहिलो पोस्टिङ् मा कृयासिल देखिनु भएको छ।

संघ सरकारले सचिव बढुवा सगै राउतलाई मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय करिब एक महिनादेखि प्रमुख सचिवविहीन बनेको थियो ।

यसअघि मधेश प्रदेशमा हरिप्रसाद मैनालीले प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।

१८ सचिवको दरबन्दी रहेको मधेश प्रदेशमा प्रमुख सचिवसहित अहिले ८ जना सचिव मात्र कार्यरत छन् ।

प्रमुख सचिवको अभावमा मन्त्रिपरिषद् बैठक, आर्थिक कार्य, अनुगमन, कर्मचारी सरुवा, राहत वितरणलगायत कामहरू प्रभावित हुने गरेको थियो ।

प्रदेश सरकार स्थापना भएको ४ वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ६ सचिवको सरुवा भइसकेको छ ।

त्यसकारण नै प्रभाबकारी काम हुन नसकेको मन्त्रीहरूले नै गुनासो गर्ने गरेका छ्न।

यस प्रदेशमा हालसम्म प्रमुख सचिवका रूपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन् ।

यिनीहरूमध्ये राजेश्वरमान सिंह र दीपक सुवेदी मात्रै एक वर्षसम्म मुख्यमन्त्री कार्यालयमा बसे ।

संघ सरकारले ६ ,६ महिनामा नै प्रमुख अनि सचिवहरू को सरुवा गर्ने गरेकाले प्रदेश सरकारले लक्ष्य अनुसारका काम गर्न नसकेको गुनासो प्रदेश बाट आउने गरेको छ।

प्रकाशित मिति:February 7, 2022