देउवा र प्रचण्डलाई कारबाही गर्न नेता रावलकाे माग

  Sampatti News

February 7, 2022

देउवा र प्रचण्डलाई कारबाही गर्न नेता रावलकाे माग

काठमाडौं-नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कारबाही गर्न माग गरेका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले कारबाही गर्न माग गरेका हुन् ।

उनले एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताउँदै छानविन गरेर बारबाही गर्न माग गरेका हुन् ।

उनले भने, ‘कसरी कूटनीतिलाई कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने यो नमुना हो ।’

उनले देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा सम्झौता अनुमोदन गर्न समय माग्नुका साथै एमसीसी सम्झौताबारे जनतालाई जानकारी गराउन सरकारी स्रोत साधन उपयोग गर्नेछ भनेर लेखिएको बताए ।

नेता रावले प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता, जो अनुमोदनका लागि विचाराधीन रहेको बताउँदै ‘हामी यस्तो गर्नेछौँ, उस्तो गर्नेछौँ भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई नहुने बताए ।

देउवा र प्रचण्डलाई कारबाही गर्न नेता रावलकाे माग

प्रकाशित मिति:February 7, 2022