स्थानीय निर्वाचन ३० वैशाखमा

  Sampatti News

February 7, 2022

स्थानीय निर्वाचन ३० वैशाखमा

काठमाडौं-स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा हुने भएको छ ।

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिदै छ ।

संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना नगरेको अबस्थामा स्थानीय तहको निर्वाचन बैशाख ३० मा गर्ने निर्णय गरिएको बताईएको छ ।

स्थानीय निर्वाचन ३० वैशाखमा

प्रकाशित मिति:February 7, 2022