सामान्य प्रशासन मन्त्रालयद्वारा सहसचिवको सरुवा

Nepal Cover
२५ माघ २०७८, मंगलवार
image

सामान्य प्रशासन मन्त्रालयद्वारा सहसचिवको सरुवा

काठमाडौँ-सरकारले सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेकाे मन्त्री स्तिरय बैठकले सहसचिव सरुवाको निर्णय गरेकाे हाे ।

मन्त्रालय स्राेतबाट प्राप्त जानकारी अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको वासुदेव रेग्मीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रेमराज गिरी युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ ।

मन्त्रालयले रामशरण सापकोटालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूर पश्चिम, राजेन्द्र पराजुली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखको कार्यालय प्रदेश नं. २, बलराम निरौला अतिरिक्तबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती, महेशचन्द्र न्यौपानेलाई पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनीबाट लाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र रामहरि ज्ञवालीलाई अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूर पश्चिम प्रदेशमा सरुवा गरिएको छ ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्ण प्रसाद न्यौपानेको वाणिज्य तथा आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय धनुषा,महेश आचार्यको अर्थ मन्त्रालयबाट आन्तरिक मामिला मन्त्रालय जनकपुर, उद्धव रिजाल सामान्य प्रशासनको अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र ईश्वर राज गिरी अतिरिक्तबाट प्रदेश नं. १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विराटनगरमा सरुवा भएको छ ।

यस्तै नविनराज सिंहलाई जल तथा ऊर्जा आयोगबाट प्रदेश नं. १ को ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनुज भट्टचन स्वास्थ्य तथा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय प्रदेश नं. १, टेक बहादुर केसी लोक सेवा आयोग तथा अन्तर्गतबाट प्रदेश प्रमुखको कार्यालय गण्डकी, विनोद बहादुर कुँवर सामाजिक विकास मन्त्रालय गण्डकीबाट प्रदेश लोक सेवा गण्डकी, देवेन्द्र लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय, गण्डकी र श्रीराम तिवारीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वास्थ्य, मन्त्रालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।

सरुवा स‌ख्या अझै पनि केही थपघट हुने सक्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।