विशिष्ट श्रेणी सचिवका लागि तीन जना सहसचिव सिफारिसमा

  Sampatti News

February 8, 2022

विशिष्ट श्रेणी सचिवका लागि तीन जना सहसचिव सिफारिसमा

काठमाडौँ-बढुवा सिफारिस समितिको बैठकले एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

माघ १८ गते शिशिर कुमार ढुगांनाको अवकास भएसँगै रिक्त रहेको सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले मुकुन्द प्रसाद निरौला, विनोद प्रकाश सिंह र गोपीकृष्ण खनाल सहित ३ जनाको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिले वरिष्ठताको आधारमा तीन जनाको नाम सिफारिस गरिएको जनाएको छ ।

वरिष्ठताको आधारमा बढुवा भएको खण्डमा पहिलो नम्बरमा सिफारिस भएका निरौला सचिवमा बढुवा हुनेछन् ।

विशिष्ट श्रेणी सचिवका लागि तीन जना सहसचिव सिफारिसमा

प्रकाशित मिति:February 8, 2022