रोजगार विभागमा पौडेलकाे आगमन

  Sampatti News

February 9, 2022

काठमाडौँ-श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठकाे मन्त्री स्तरीय निर्णयबाट वैदेशिक रोजगार विभागको महानिर्देशककाे जम्मेवारी शेषनारायण पौडेललाई दिएको छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध महाशाखा प्रमुख पौडेललाई विभागको जिम्मेवारी दिएका हुन् ।

साथै मन्त्री श्रेष्ठले विभागको महानिर्देशक रहेका दीपक काफ्लेलाइ मन्त्रालयमा तानेका छन् ।

भूमि व्यवस्थापन विभागको महानिर्देशकबाट पौडेल दुई महिना अघि मात्रै श्रम मन्त्रालयमा सरुवा भएका थिए ।

साथै रोजगार समन्वय तथा सूचना शाखा प्रमुखमा एकदेव अधिकारीलाइ ल्याइएकाे छ ।

यस्तै मन्त्री श्रेष्ठले इपीएस शाखाको निर्देशकमा रोजगार समन्वय तथा सूचना शाखा प्रमुख पुष्पराज कटवाललाइ नियुक्त गरेका छन् ।

कटवाल इपीएसमा गएसँगै शाखाको निर्देशकको जिम्मेवारीमा रहेका उपसचिव सुरेश राउत मन्त्रालय तानिएका छन् ।

प्रकाशित मिति:February 9, 2022