एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने: नेता पौडेल

  Sampatti News

February 14, 2022

एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने: नेता पौडेल

काठमाडाैँ-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन् ।

सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्।

अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ, उनले भने।

महाअभियोगकाे सवालमा काँग्रेस नेता पौडेलले जनतालाई न्याय दिन सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याएको दावी गरे ।

उनले यो प्रस्तावसँगै अव सर्वोच्च अदालतमा विद्यमान गतिरोध हट्ने र नेपाली जनताले न्याय पाउने विश्वास समेत व्यक्त गरे ।

नेता पौडेलले संसद् पुनः स्थापनको फैसला गर्ने चार न्यायाधीश माथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याएर त्यसलाई संसद् स्वीकार गर्न नहुने बताए।

वरिष्ठ नेता पौडेलले संवैधानिक बाटोबाटै आफू हट्ने प्रधानन्यायाधीश जबराको आकांक्षालाई पनि सत्तारुढ दलहरुले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावले सघाउ पुर्‍याएको बताए ।

उनले भने, ‘सर्वोच्च अदालतको गतिरोध हटनुपर्छ । र, यो गतिरोध हटाएर सर्वोच्च अदालतले जनतालाई न्याय दिने अदालत यसरी ठप्प भएर बस्दा नेपाली जनताको न्याय हराएको थियो । अव त्यो न्याय जनताले पाउँछन भन्ने मैले विश्वास लिएको छु ।’

वरिष्ठ नेता पौडेलले आफूले प्रधानन्यायाधीश जबरालाई सम्मानजनक बर्हिगमनका लागि राजीनामा दिन पटक-पटक सुझाएको पनि स्मरण गराए ।

एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने: नेता पौडेल

प्रकाशित मिति:February 14, 2022