सन्द्रर्भ नारी दिवस: नातेदारबाट बलात्कृत यी शिक्षिकाको चित्कारले श्रीमानको मन पग्लेन

  Sampatti News

March 7, 2022

काठमाडौँ-भोली मार्च ८ नेपालले ११२ औँ अन्तराष्ट्रिय नारी दिवस मनाउदैे छ । नारी दिवसको अवसरमा नारीको हक अधिकार तथा उत्थानमाका बिषयमा हरेक बर्ष चर्को नारा सुनिने गर्दछ ।

तर बास्तविक्तामा नेपालमा नारीको अबस्थामा विकराल छ । हिंसा, बलात्कार, एसिड आक्रमण, नारी हिंसाको पर्याय बनेर स्थापित भएको छ । सबै क्षेत्रबाट उपेक्षित नारीलाई केवल नारामा सिमित गरेर त्यसको फाईदा लिनेमात्र बढी छन् ।

यिनै पर्यायकाबिच अहिले एक शिक्षिका यस्तै हिंसाको घटनाबाट पिडित भएकी छिन् । आफ्नै नातेदार बाट बलात्कृत भएपछि न्याय प्राप्तिको लडाईमा कसिएकी एक शिक्षिकाको अबस्था दयनिय भएको छ ।

आफ्नै नातेदार बाट बलात्कृत भएपछि न्याय प्राप्तिको लडाईमा कसिएकी एक शिक्षिकाको मुहारमा काठमाडौ जिल्ला अदालतले गरेको फैसलाले सामान्य खुशी छाएको थियो तर त्यो न्याय पाउने आशाको खुशी धेरै बेर टिक्न सकेन ।

अन्यायमा परेका आम मानिसको आशा र भरोसाको अन्तिम केन्द्र न्यायलय नै हो ।

तर त्यही न्यायलयमा कार्यरत न्याय दिने न्यायाधीशको तहबाट न्याय बिक्री हुन थाल्यो भन्ने अनुभुती जब न्यायको लागी हारगुहार गर्दै अदालत पुगेका मान्छेले नै गर्न थाल्छन् त्यो बेला स्वाभिमानी न्यायाधीशको शिर पक्कै झुकेको हुन्छ ।

अहिले नेपालमा न्याय खस्कदो अबस्थामा पुगेको विभिन्न घटनाक्रमले पुष्टि गर्दै लगेको छ भनिन्छ ।

पछिल्लो एउटा घटनाक्रमलाई गहिरिएर नियाल्दा त्यस्को जल्दो बल्दो उदाहरण उच्च अदालतका दुई न्यायधिसले गरेको आदेशले पुष्टी गरेको अधिकारकर्मीहरुको प्रतिक्रियाबाट बुझ्न जो कोहीलाई पनि बुझन गार्हो पर्दैन ।

सम्मानित अदालत प्रति यस्तो आरोप लाग्नु आरोप लाग्नु र प्रतिक्रिया आउनु उचित मान्न सकिदैन । तर यस्तै कल्पना नै नगरिएको बेलाबेलामा आउने कतिपय श्रीमानहरुको आदेशले आजभोलि खुल्लम खुल्ला न्याय मोलमोलाईको किस्तीमा राखिएको बस्तु त हैन सर्वसाधारणलाई मेसो पाउन गाह्रो परेको छ ।

धेरै ठाउँमा अपराधिले उन्मुक्ती पाएका छन् । प्रष्ट रुपमा भन्नु पर्दा अपराधीले उनीहरुबाट न्याय किन्न सफल भएको आरोप छ। ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय भोजराज अधिकारी र जगदीश घिमिरेले केहिसमय अगाडी गरेको उच्च अदालतको आदेसले धेरैलाई झस्काएको छ ।

त्यो आदेश पनि पडितमाथी थप पिडा थपेर जब जेल भित्र बाट नै पटकपटक ज्यान नै मार्ने धम्की दिने ती अपराधीलाई उच्च अदालत बाट धरौटीमा छोडने आदेश पछि अपराधी जेल मुक्त हुन्छन् पीडित ज्यान जोगाउन लुकिलुकी हिडनुपर्ने अवस्था आइपुग्छ भने न्यायलय प्रतिको भरोसा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ।

आफन्तको भेषमा बलात्कार गर्ने मैनाली जेलमुक्त

यो घटनाको सुरुवात २०७४ पुस १५ मा भएको हो । छोरा हुर्काउँदै सासू–ससुरासँग बस्दै आएकी एक महिला उक्त पुस १५ को रात आफ्नै पाहुना बस्न आएका नातेदारबाट बलात्कृत भइन् ।

नाबालक छोरालाई मारिदिने कसैले थाहा नपाउने गरि स्कुलबाट नै अपहरण गरिदिने भन्ने धम्कीका कारण उनले कसैलाई भन्न सकिनन् ।

जस्को फाईदा उठाउदै उक्त नातेदारले उनलाई निरन्तर यौन शोषण गरिरह्यो । श्रीमान् बैदेशिक रोजगारमा रहेका ति महिला सधै निरिह रुपमा शोषण सहेर बस्न बाध्य भैरहिन् ।

पहिलो दिनको घटनाको भिडियो र फोटो बनाएका पिडकले र आफूले भनेको समयमा नआए आफन्तलाई पठाइदिन्छु भन्दै धम्क्याएर उनीमाथी निरन्तर शोषण गरिनै रह्यो उनले अदालत समक्ष आफ्नो बयानमा भनेकी छिन् ।

गत वैशाखमा उनले हिम्मत जुटाएर उनलाई चार वर्षदेखि शोषण गर्दै आएका नुवाकोटका पशुपति मैनालीमाथी प्रतिकारमा उत्रिईन र दबाब मान्न इन्कार गरिन ।

त्यसपछि जबर्जस्ती गर्दा लिएका तस्बिर अनि मोबाइल खोसेर दुबै मोबाइलमा पठाएका म्यासेजहरु मैनालीले नै उनका घरका मानिसलाई पठाइदिए ।

त्यसपछि घरबाट निकालिएकी उनी माइत पुगिन् । त्यहाँ पनि मैनालीले तस्बिर पठाइ दिएपछि बस्ने वातावरण भएन ।

उनी छोराछोरी छोडेर न्याय खोज्न हिँडेको १० महिना भयो ।

काखे बालक छाडेर घरवार विहिन भएकी उक्त महिलाको पिडा यो निरिह समाजमा कसैले बुझन् सकेन ।

न कानुनले उनको सम्बोधन गर्यौ न समाजले

न कानुनले उनको सम्बोधन गर्यौ न समाज तथा घर परिवारले उनलाई स्विकारेका छन् ।

पहिलो पटक शोषणमा पर्दा उनका छोरा चार वर्षका थिए, पछि जन्मिएकी छोरी पनि अहिले तीन वर्ष पुग्न लागिन् ।

बलात्कारी मैनालीले भिडियो सार्वजनिक गरे सगै गत वैशाखमा घरबाट निकालिएपछि उनले आफ्ना छोराछोरीलाई नत भेट्न पाएकी छन नत देख्न नै पाएकी छैनन् ।

सुरुमा छोरालाई मारिदिन्छु भन्यो, नमाने अपहरण गरिदिन्छु भन्दै धम्क्याउँथ्यो ।

छोराले पनि उसलाई देखिराखेको-चिनिराखेकाले स्कुलबाट फकाएरै अपहरण गर्दिन्छ कि भन्ने डरले जे–जे भन्छ, त्यो मान्नुपर्ने बाध्यतामा रहेको उनले बताईन ।

एउटी महिलालाई यस्तै बेला हो घरको र माइतीको साथ चाहिने । तर उनि भने दुवैतर्फबाट तिरष्कृत भएर सडकमा आईपुगेकी छिन् ।

घर र माइतीबाटै निकालिएपछि उनी करिब ६ महिना महेन्द्रनगर गएर दिदीकहाँ बसिन् ।

पिडक मैनालीले उनलाई पिडादिन भने छाडेनन् नयाँ–नयाँ नम्बरबाट फोन गरेर धम्क्याउने गरिनै रहे ।

महेन्द्रनगरमा समेत सधैँ बस्न सम्भव नभएपछी उनी काठमाडौं फर्केर एक संस्थामा शरण लिएर बसेकी उनलाई गत कात्तिकमा भेटेर फोटो र भिडियो डिलिट गरिदिने मैनालीको प्रस्ताव आयो ।

कात्तिक १५ गते सार्बजनिक ठाउँमा भेटेर डिलेट गरिदिन बिन्ती नै गरेकी उनलाई थप दबाब दिदै बागबजारको एउटा होटलमा भेट्न आए मात्रै डिलेट हुने आश्वासन पाएपछि होटल पुगेकी उनी त्यहाँ पनि बलात्कारको सिकार भइन् ।

तर, भिडियो र फोटो डिलिट गर्न भने मैनालीले अस्वीकार गरे । आफ्न्त ईस्टमित्र, श्रीमान सबै गुमाएकी उनले त्यसपछि त्यहींबाट प्रहरीलाई खबर गरिन् ।

प्रहरी होटल पुगेर मुचुल्का बनायो । स्वास्थ्य परीक्षणका लागि पठायो । ‘दायाँ स्तनमा टोकेको मार्क’ र घाइते भै चोटपटक सहितको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले मैनालीलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलायो ।

बलात्कारलगायतका यौन हिंसापीडितको परिचय गोप्य राख्नुपर्ने कानुनी व्यवस्थाका कारण अदालती प्रक्रियाका लागि प्रहरीले उनको नाम ‘सिंहदरबार ८४’ राखिदिएको छ ।

जिल्ला सरकारी वकिल र मुद्दाको सुनुवाइका क्रममा काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बाँस्तोलाको इजलासमा उनले एउटै बयान गरेकी छन् ।

‘कोठामा गएपछि मैले मोबाइल माग्दा उसले यो एउटा मोबाइलमा मात्र होइन तीनवटा फोनमा १६ जीबीको मेमोरीमा फोटो भिडियो छ भन्दै धम्क्यायो ।

कोठाको ढोका खुल्लै थियो, उसले चुकुल लगाएकाले मैले डिलिट गर्न मात्रै किन चुकुल लगाएको भनी प्रतिवाद गरें । मोबाइल दिनुस् भन्दा नदिई जबर्जस्ती गर्न खोज्यो ।

लात्ताले समेत हानी मेरै अगाडि तेरो श्रीमानलाई फेरि फोटो, भिडियो पठाइदिन्छु भनी धम्की दियो । प्रतिकार गर्न खोज्दा झगडा भयो ।

उसले जबर्जस्ती गर्दा टोकेको दाग स्वास्थ्य परीक्षणमा समेत देखिएको छ,’ सिंहदरबार ८४ ले अदालतमा गरेको बयानमा समेत भनेकी छन्, ‘जबर्जस्ती करणी गरिसकेपछि ऊ निस्केर गयो ।

म धेरै रोई रिसेप्सनमा आई पुलिसलाई खबर गरेकी हुँ । मलाई ज्यान लिने, छोरा अपहरण गरिदिने तथा थाहा नदिई बनाएको भिडियो प्रकाशित गरिदिने डर, त्रास देखाई परिबन्धमा पारी जबर्जस्ती करणी गरेको हो ।’

जिल्ला न्यायाधीश केशवप्रसाद बाँस्तोलाले गत मंसिर १३ मा ‘मैनाली निर्दोष छन् भन्ने अवस्था नदेखिएको’ भन्दै थुनामा पठाउने आदेश गरेका थिए ।

न्यायाधीश बाँस्तोलाकै इजलासमा सिंहदरबार ८४ ले मैनालीले सरकारी वकिलको कार्यालयमा प्रहरीको बीचबाटै आफूलाई मारिदिने धम्की दिएको बताएकी थिइन् ।

साथै थुनामा रहेका बखत पनि फोन गरेर आफू निस्किएपछि मारिदिने धम्की दिएको उनको बयानमा उल्लेख छ ।

जिल्ला न्यायाधीश बाँस्तोलाले ६ वटा आधार उल्लेख गर्दै मुद्दाको अन्तिम टुंगो नलागुन्जेल मैनालीलाई थुनामा राख्न आदेश दिएका थिए ।

जबर्जस्ती गरी भिडियो बनाएर डरमा पारी निरन्तर बलात्कार गरेको भन्दै किटानी जाहेरी परेको, अनुसन्धानका क्रममा प्रहरीले बुझेका व्यक्तिले गरेको

घटना विवरण कागजमा पनि मैनालीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ भनेको, पीडितले जाहेरी व्यहोरालाई थप स्पष्ट पार्दै अनुसन्धानका क्रममा कागज गरेको देखिएको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा शरीरमा दाँतले टोकेको दाग रहेको, मैनालीले सहमतिमा करणी भएको स्विकारेको, घटनास्थल मुचुल्कामा उल्लिखित विवरण आदिका आधारमा थुनामा पठाउने आदेश गरेका थिए ।

जिल्ला अदालतको आदेशविरुद्ध मैनालीले पाटन उच्च अदालतमा निवेदन दिए ।

उच्चका न्यायाधीशद्वय भोजराज अधिकारी र जगदीश घिमिरेले गत माघ ६ गते मैनालीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेका छन् ।

‘धरौटी बुझाएर छुटेर आएपछि तँलाई भेटेमा मारिदिन्छु भन्दै नयाँ–नयाँ नम्बरबाट फोन गर्दै धम्की दिँदै गरेको छ,’ सिंहदरबार ८४ ले भनिन् ।

उच्च अदालतले मैनालीलाई धरौटीमा छाड्ने आदेश गर्दा तीन आधार उल्लेख गरेको छ ।

पहिलो–मैनालीले सहमतिमा करणी गरेको भनेको, दोस्रो– पीडितले पछिल्लो चार वर्षदेखि जबर्जस्ती गर्दै आएको बताए पनि गत कात्तिक १५ मा मात्र जाहेरी गरेको देखिएको र तेस्रो– स्वास्थ्य परीक्षण प्रतिवेदनमा पहिले नै योनिको झिल्ली च्यातिएको भन्ने देखिएको ।

उच्च सरकारी वकिलको कार्यालय पाटनका एक वकिलका अनुसार यी तीनै आधार अनुपयुक्त छन् ।

‘अभियोग लागेको व्यक्तिले त अस्वीकार गरिहाल्छ । उसले कसरी जोगिने भन्ने उपाय खोज्न सहमतिमा करणी भएको भन्यो । अदालतले त्यसैलाई आधार मान्यो,’ ती सरकारी वकिलले भने, ‘पछिल्लो घटना कात्तिक १५ मा भएकोमा त्यसको हदम्यादभित्रै मुद्दा दायर भएको छ ।

अदालतले पीडितलाई पहिल्यै किन उजुरी नगरेको भनेर उल्टै सजाय गर्न खोजेको छ ।

दुई सन्तानकी आमाको यौन झिल्ली पहिल्यै च्यातिएको कारण दिएर अदालतले बलात्कार नभएको अनुमान गर्न कसरी मिल्छ ? यो तर्कले त विवाहित महिलालाई बलात्कारमा न्याय खोज्नबाटै निरुत्साहित गर्छ ।’

उच्च अदालतले जुन बयानलाई आधार मानेर उनलाई धरौटीमा छाड्ने आदेश गर्‍यो मैनालीका ती बयान आफैंमा बाझिने खालका देखिन्छन ।

जस्तो, उनले प्रहरीसमक्ष बयान गर्दा आफूहरूबीच चार वर्षदेखि सहमतिमै यौन सम्बन्ध रहँदै आएको र कात्तिक १५ मा पनि सहमतिमै सम्बन्ध भएको बताएका छन् ।

अदालतमा भने आफूहरूबीच सामान्य चिनजान मात्र रहेको, कहिल्यै यौन सम्बन्ध नभएको र कात्तिक १५ गते होटलमा पनि कुनै सम्बन्ध नभएको बयान दिएका छन्।

आफूले पानी पिउँदै गर्दा पीडितले हातले सारेकाले मात्रै घटनास्थलमा तन्ना मडारिएको देखिएको उनको भनाइ छ । त्यस्तै, कात्तिक १५ गते गोंगबुमा अकस्मात् भेट भएपछि पीडितले नै जमलसम्म मोटरसाइकलमा पिर्याइदेऊ भन्ने अनुरोध गरेकाले आफूले लिफ्ट दिएको, उनकै अनुरोधमा चिया खाऊँ भनेकाले होटलसम्म पुगेको बयान दिएका छन् ।

तर, अदालतमा उक्त दिन आफू नुवाकोटमै रहेका बेला पीडितले गोंगबुबाट जमलसम्म जान बाइक लिएर आउनु भनी ह्वाट्सएपमा फोन गरेकाले आफू आएको र लिफ्ट दिएको मैनालीले बताएका छन् ।

‘मैले जमलसम्म बाइकमा ल्याइदिएपछि जाहेरवालाले नै बागबजारमा होटलको रुम बुक गरेको छु जाऊँ भनेकाले गएको हुँ । त्यसपछि हामीबीच गफ मात्र भएको हो । अरू केही कार्य गरेको होइन,’ उनको बयान छ ।

जबकि होटल सञ्चालकले अदालतमा गरेको बयान र प्रहरीले पेस गरेको होटल रजिस्टरमा मैनालीकै नाममा कोठा बुक भएको देखिन्छ ।

मैनालीले भिडियो तथा फोटो खिच्दै नखिचेको र कसैलाई नपठाएको दाबी गरेका छन् । तर, प्रहरीले पीडितको मोबाइलबाट मैनालीले पठाएका तस्बिर प्रिन्ट गरेर अदालतमा बुझाएको छ ।

ती तस्बिरबारे सोध्दा मैनालीले अरूले नै आफ्नो फेसबुक आईडी ह्याक गरी चलाएको जिकिर गरेका छन् ।

प्रहरीले अदालतमा पेस गरेका कागजातमा मैनालीले फोटो/भिडियो डिलिट गर्न भनी बोलाएको च्याटमा मोटरसाइकलमा टाढा कतै जान बारम्बार दबाब दिइरहेको देखिन्छ ।

‘मलाई कसैको मोटरसाइकल चढ्नु पनि छैन, कतै जानु पनि छैन । सार्वजनिक स्थानमा भेट्ने, मैले फोटो र भिडियो डिलिट गरेपछि छुट्टिने,’ सिंहदरबार ८४’ ले भनेकी छन् ।

जिल्ला अदालत उनले भनेकी छ्न म तिहारको भाइमसला किन्न असन बजार जाने क्रममा जमलमा भेट्छु अनि त्यही सार्बजनिक स्थानमै डिलेट गर्दिनु पर्छ भन्ने शर्त गरेपनी पुन मलाई जवर्जस्ती भयो मलाई न्याय दिनुस् श्रीमान । तर पुर्ब शिक्षिका समेत रहेकी सिहदरवार ८४ को चीत्कारले नत उनको आफ्नै श्रीमानको मन पग्लिन सक्यो नत उच्चका श्रीमानको ।

प्रसस्तै प्रमाण हुदाहुदै यावत् प्रमाणका बावजुद न्यायाधीशद्वय भोजराज अधिकारी र जगदीश घिमिरेले पिडकलाई बचाउन प्रमाणलाई बेवास्ता गदै धरौटीमा छाड्ने आदेश दिएका छन् ।

जेल छुटे लगतै मैनालीले पीडित ८४ लाई पटकपटक फोन गर्दै फोन बाट ज्यान लिने धम्की दिएको बुझिन आएको छ पीडित भने ज्यान जोगाउन एक सस्थामा आस्रित हुदै लुकिलुकी हिडनु पर्ने परिस्थितिले न्याय कहाँ पाइएला भन्दै गुहार माग्दै हिडनुपर्ने अवस्था उनलाई आइपरेको छ।

पिडकका सक्रियताले श्रीमानहरुको आदेसले दिने न्याय नै पुर्वाग्रह बन्ने गरेको तथ्य र प्रमाणले प्रष्ट पारेको छ ।

नेपालको न्यायलयमा यस्ता न्यायधिसले गरेका कतिपय पक्षपाती आदेशले न्याय नै लजाएको छ।

अझ करणी जस्तो संवेदनशिल अपराधमा पिडकको पक्षमा फैसला हुनु निकै लाजमर्दौ बिषय हो ।

एक निरिह महिलाले न्यायको लागी पाएको सास्ती ब्यहोरिएको तिरष्कारपुर्ण व्यबहारले नेपालका कतिपय महिलाको हकमा यो एक प्रतिनिधी घटना मात्र हो ।

यसबाट नेपालमा महिलाको अबस्था के रहेको छ र न्यायलयले गरेका आदेशले पिडितको मर्म मा ठेस पुगेको बुझ्नलाई सर्वसाधारणलाई गाह्रो पर्दैन ।

सुसन भट्टराईबाट

प्रकाशित मिति:March 7, 2022