भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध: अध्यक्ष निरौला

Nepal Cover
१६ फाल्गुन २०७८, सोमबार
image

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताउनुभएको छ ।

झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्नुहुदै उहाँले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताउनुभयो ।

देशैभरि देखिएका भूमि समस्या हटाउन सरकारले जिम्मेवारी दिएको उल्लेख गर्नुहुँदै अध्यक्ष निरौलाले भन्नुभयो,“भूमि आयोग निष्पक्ष भएर सुकुम्बासी लगायतका भूमिसम्बन्धी समस्या हटाउँदै भूमिमा सबैको अधिकार स्थापित गर्ने गरी काम थालेका छौं ।”

सम्झौतापत्र आदानप्रदानका क्रममा पालिकाका अध्यक्ष मेनुका काफ्लेले गाउँँपालिकाभित्रका सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई सहज ढङ्गले जति छिटो जग्गाको धनीपूर्जा प्रमाणपत्र दिन आग्रह गर्नुभएको थियो ।