मतदाता सङ्ख्या एक लाख ५० हजार

  Sampatti News

March 3, 2022

जिल्लामा करिब २५ हजार मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकामा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी २२ हजार १६८ मतदाता रहेका कार्यालय प्रमुख माधव फुयाँलले जानकारी दिनुभयो ।

यस्तै पुर्चौडी नगरपालिकामा २१ हजार ७८, पाटन नगरपालिकामा १९ हजार ९९९ र मेलौली नगरपालिकामा १३ हजार ६९३ मतदाता छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा १४ हजार ९४७, डिलाशैनी गाउँपालिकामा १३ हजार ३३०, सिगास गाउँपालिकामा १२ हजार १८७, सुर्नया गाउँपालिकामा ११ हजार ४३४, पञ्चेश्वर गाउँपालिकामा ११ हजार २२२ र शिवनाथ गाउँपालिकामा नौ हजार ९१० मतदाता रहेका जनाइएको छ ।

ती मतदाताले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

गत माघ २४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै फोटोसहितको मतदाता नामावली सङ्कलनको काम पनि स्थगित भएको छ ।

जिल्लामा एक लाख ५३ हजार ३८० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराए पनि तीन हजार ४१२ जना १८ वर्ष मुनिका रहेका छन् ।

सोह्र वर्ष पूरा भएका र नागरिकता प्राप्त गरेकाले फोटोसहितको नामावली मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पाउछन् .

तर मतदान गर्न भने मतदाता नामावलीमा नाम दर्ता गराएको र १८ वर्ष पूरा भएको हुनुपर्दछ ।

स्थानीय तह निर्वाचनका लागि जिल्लाभरि १२९ मतदानस्थल तोकिएका छन् ।

प्रकाशित मिति:March 3, 2022