संसदको अवरोध अन्त्य गर्न एमालेलाई गठबन्धनको आग्रह

  Sampatti News

March 3, 2022

संसदको अवरोध अन्त्य गर्न एमालेलाई गठबन्धनको आग्रह

काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ ।

चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसदको अवरोध अन्त्य गर्न आग्रह गरिएको हो ।

संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा समेत छलफल भएको थियो ।

लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।’

संसदको अवरोध अन्त्य गर्न एमालेलाई गठबन्धनको आग्रह

प्रकाशित मिति:March 3, 2022