बन्दाबन्दीलाई अवसर बनाउदै फस्टाएको विरयानी अड्डा

  Sampatti News

March 3, 2022

बन्दाबन्दीलाई अवसर बनाउदै फस्टाएको विरयानी अड्डा

मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो ।

एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ ।

मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेल विरयानी अड्डाको वियरानी खुब स्वादिलो भएका बताउँन्छन् ।

“सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु ।”

विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ ।

आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन् ।

मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ ।

विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले भनिन, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ ।”

उनलाई माटाको मट्कामा बाटाएको विरयानी आफ्नै घरमा बनाएझैँ लाग्छ ।

सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ ।

“विरयानी निकै राम्रो र स्वादिलो छ, सधैँ आउँछु, नजिकै पनि छ ।”

थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो ।

सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उनको मन तानिएको छ ।

“अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ ।”

विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन् ।

विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउन्छन् ।

“शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो ।”

विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो ।

बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै गयो ।

जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने आँट पलाएको छ ।

चिकेन विरयानी एकल तीन सय ७५, दुई जना ६ सय ९९ र परिवार चारजना एक हजार एक सय ९९ रुपैयाँ रहेको छ ।

निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ ।

“मुनाफा कमाउने तिर लागेका छैनौँ, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ ।”

आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गरेका हुन् ।

“विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ ।”

विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ ।

निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ ।

गत वर्ष रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो ।

बन्दाबन्दीको बीचमै बालुवाटारमा खोलिएको छ । अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ ।

गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताएका थिए ।

बन्दाबन्दीलाई अवसर बनाउदै फस्टाएको विरयानी अड्डा

प्रकाशित मिति:March 3, 2022