एमसीसीले उत्पन्न विरोधले माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

Nepal Cover
२० फाल्गुन २०७८, शुक्रबार
image

एमसीसीले उत्पन्न विरोधले माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौँ-आज ११ बजे हुने भनिएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि धकेलिएको छ ।

११ बजे सुरु हुनु पर्ने बैठक १ बजे मात्र सुरु हुने भएको हो ।

एमसीसीले उत्पन्न तीव्र विरोध तथा पार्टी फुटको हल्लाका बिच माओवादीको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभागृहमा बस्ने बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल लगायतले लिखित रूपमै फरक मत राख्ने तयारी गरेका छन् ।

आजको केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए ।

​माओवादीमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

एमसीसीले उत्पन्न विरोधले माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो