हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु

  Sampatti News

March 10, 2022

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ ।

उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ ।

अहिले सो अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ ।

हेटौँडालगायत मकवानपुरमा डायलासिस गर्नुपर्ने ५३७ बिरामी रहेका छन् ।

उक्त सेवा हेटौँडामा पाएपछि जिल्ला बाहिर जाने अवस्था नरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

नगरवासीलाई पहिलो स्वास्थ्य सुविधा दिएपछि पूर्वाधार विकासमा जोड दिएको र आगामी दिनमा समेत अस्पताललाई सहयोग गर्ने उहाँले बताउनुभयो ।

यसअघि हेटौँडामा निजी क्षेत्रबाट सञ्चालनमा रहेको चुरेहिल अस्पतालले मात्र डायलासिस सेवा दिइरहेको थियो ।

हेटौँडाको सरकारी अस्पतालमा सो सेवा उपलब्ध भएपछि वीरगञ्ज, काठमाडौँ र चितवनलगायत ठाउँ डायलासिसका लागि जाने अवस्था हटेकोमा स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति:March 10, 2022