सामान्य प्रशासन मन्त्रालयद्वारा प्राविधिक तर्फ १० जना सहसचिवको सरुवा

  Sampatti News

March 10, 2022

सामान्य प्रशासन मन्त्रालयद्वारा प्राविधिक तर्फ १० जना सहसचिवको सरुवा

काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले १० जना सहसचिवको सरुवा गरेको हो ।

बैठकले प्राविधिक तर्फ सङ्घीय तथा प्रदेश मन्त्रालयमा कार्यरत १० सहसचिवको सरुवा गरेका हुन् ।

मन्त्रालयले बन तथा वातावरण मन्त्रालयका सहसचिव नन्दलाल रायलाई उद्योग, पर्यटन तथा वन मन्त्रालय–मधेस प्रदेशको सचिवमा पठाउँदै त्यहाँकी सचिव विन्दु कुमारी मिश्रलाई वन तथा वातावरण मन्त्रालयमा तानिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गणेश राज वस्तीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानेर उनको ठाउँमा अतिरिक्तका प्रेमदत्त भट्टलाई पठाइएको सम्पति न्युजलाई प्राप्त विवरणमा उल्लेख छ ।

यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामेश्वर मरहट्ठालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ भने वन तथा वातावरण मन्त्रालयका दुर्गा बहादुर कार्कीलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय–लुम्बिनी प्रदेश र अतिरिक्त समूहका शम्भु कार्कीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

यसैगरी स्थानीय पूर्वाधार विकास आयोजना गण्डकी प्रदेशका कुमार थापालाई मन्त्रालयको अतिरिक्त समूहमा, अतिरिक्त समूहमा रहेका शङ्कर पण्डित र कृष्ण कुमार मिश्रलाई क्रमशः स्थानीय पूर्वाधार विकास लुम्बिनी र मधेस प्रदेशमा सरुवा गरिएको छ ।

सामान्य प्रशासन मन्त्रालयद्वारा प्राविधिक तर्फ १० जना सहसचिवको सरुवा

प्रकाशित मिति:March 10, 2022