देउवा सरकारका सबै मन्त्री सहित मुख्यसचिवले पनि अंगदान गर्ने

Nepal Cover
२७ फाल्गुन २०७८, शुक्रबार
image

देउवा सरकारका सबै मन्त्री सहित मुख्यसचिवले पनि अंगदान गर्ने

काठमाडौं-सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद्‌को बैठकमा सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने निर्णय कार्यान्वयन गर्ने भएका हुन्।

मन्त्री खतिवडाले स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी क्याविनेटमा अंगदानको प्रस्ताव लगेका थिए।

उनको प्रश्तावमा सरकारका सबै मन्त्रीले मृत्युपश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका हुन् ।

मन्त्रीहरुलाई साथ दिँदै मुख्यसचिव शंकरदाश बैरागीले पनि अंगदानको घोषणा गरेका थिए।

यस्तै मन्त्रिपरिषद् बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाईसमेत स्वीकृत गरेको छ। अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदलमार्फत काम अघि बढाइसकेको छ।

यसैगरी ५० वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुको मृगौला, कलेजो, मुटलगायत अन्य रोगसम्बन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय पनि गरेको छ । यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो।

देउवा सरकारका सबै मन्त्री सहित मुख्यसचिवले पनि अंगदान गर्ने