आयल निगमको निर्देशकमा उमेशप्रसाद थानी नियुक्त

  Sampatti News

March 11, 2022

काठमाडौँ-नेपाल आयल निगमले कार्यकारी निर्देशक पाएको छ ।

बिगत केही समय देखी निर्देशक बिहिन भएको निगमले नयाँ निर्देशक पाएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयल निगमको कार्यकारी निर्देशकको उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो ।

वीरेन्द्रनगर सुर्खेतका थानीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको समाचार स्रोतले सम्पति न्युजलाई बताएको छ ।

यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य रहेका थानी नेपाली काँग्रेस निकट सेन्ट्रल फर डेमोक्रेटिक इन्जिनियरिङ नेपाल(सिडेन)का अध्यक्षसमेत हुन् ।

कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र थानीको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

निगमको कार्यकारी निर्देशकका लागि १६ जनाले आवेदन दिएकोमा प्रतिस्पर्धामा सहभागी १५ आवेदकमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन सदस्यको नाम वर्णानुक्रमअनुसार सिफारिस गरिएको थियो ।

प्रकाशित मिति:March 11, 2022