निर्वाचनबारे छलफल गर्न एमालेको पोलिटव्युरो बैठक

  Sampatti News

March 21, 2022

निर्वाचनबारे छलफल गर्न एमालेको पोलिटव्युरो बैठक

काठमाडौँ-निर्वाचनबारे छलफल गर्न एमालेले आज डाकेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ ।

कार्की व्यांक्वेट बबरमहलमा जारी बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने तथा चुनावी घोषणापत्रको खाका तयार पारिने बताईएको छ ।

बैठकमा अहिले सम्मको राजनीतिको समीक्षाका उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

यसै गरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।

निर्वाचनबारे छलफल गर्न एमालेको पोलिटव्युरो बैठक

प्रकाशित मिति:March 21, 2022