८ सहसचिवको सरुवा

Nepal Cover
१५ चैत्र २०७८, मंगलवार
image

काठमाडौँ- ८ जना सहसचिवको सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेशस्थित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

गत बिहीबार मात्रै दर्जन सहसचिवको सरुवा गरेको मन्त्रालयले आज थप सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयबाट प्राप्त विवरण अनुसार लगानी बोर्डको कार्यालयका भगवान् अर्याललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ भने आन्तरिक मामिला मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतका प्रदेश सचिव प्रेम राज गिरीलाई प्रदेश नीति तथा योजना आयोग, गण्डकी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी रोशनी कुमारी श्रेष्ठलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, काठमाडौँमा ल्याईएको छ ।

यसै गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अमृत लम्साललाई लगानी बोर्डको कार्यालय, काठमाडौँ, प्रदीपराज अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, दिनेश सागर भूषाललाई आन्तरिक मामिला मन्त्रालय, कर्णाली प्रदेश सुर्खेत, वेद प्रसाद खरेल भूमि व्यवस्था तथा यातायात मन्त्रालय, प्रदेश नं। १ विराटनगर र आभा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।